नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको निर्माण व्यवसायी समन्वय विभागका सदस्य दिपेन्द्र पोखरेलको निधनप्रति दुःख व्यक्त गरेका छन्।
झापा निवासी पोखरेल विरामी भएपछि एक महिना अघिदेखि काठमाडौंको नर्भिक अस्पतालमा उपचाररत रहेको र यही जेठ २५ गते ५२ वर्षको उमेरमा निधन भएका थिए।
सभापति देउवाले आज शोक विज्ञप्तिमार्फत पोखरेलको निधनले झापा काँग्रेसले भविष्यको एक आशालाग्दो र सक्षम नेतृत्व गुमाएको उल्लेख गर्दै उनीप्रति श्रद्धाञ्जलि र शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन्।
नेपाल विद्यार्थी संघ र नेपाल तरुण दलको राजनीतिबाट आरम्भ गरेका पोखरेलले काँग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका थिए। रासस