बालुवाटारमा प्रदर्शनमा उत्रिएका वृहत नागरिक समाजका अगुवाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
चिकित्सा शिक्षा आयोगमाथि राजनीतिक हस्तक्षेप भएको लगायतका विषयमा विरोध जनाउँदै विरोधमा उत्रिएका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो।
बालुवाटार अगाडि प्रदर्शन गर्ने क्रममा प्रहरीले नारायण वाग्ले, खगेन्द्र संगौला, युग पाठक र संजीव उप्रेतीलगायत २० जनालाई पक्राउ गरेको हो।
उनीहरूलाई महानगरीय प्रहरी वृत्त, कमलपोखरीमा राखिएको छ। निषेधाज्ञको समयमा प्रदर्शनमा उत्रिएपछि उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरीले बताएको छ।