निषेधाज्ञाबीच प्रदर्शनमा उत्रिदाँ पक्राउ परेका वृहत् नागरिक आन्दोलनका अगुवा रिहा

सरकारी अस्पतालहरुको गुणस्तर सुधार गर्नुको साटो सरकारले निजी मेडिकल कलेजलाई सम्बन्ध दिएको भन्दै विरोधमा उत्रिदाँ पक्राउ परेका वृहत् नागरिक आन्दोलनका अगुवा रिहा भएका छन्। 

प्रदर्शनका क्रममा शुक्रबार वालुवाटारबाट प्रहरीले नारायण वाग्ले, खगेन्द्र संगौला, युग पाठक र संजीव उप्रेतीलगायत २० जनालाई अगुवाई पक्राउ परेका थिए। उनीहरूलाई महानगरीय प्रहरी वृत्त, कमलपोखरीमा राखिएको थियाे। 

निषेधाज्ञाबीच प्रदर्शनमा उत्रिएका कारण नियान्त्रण लिएको प्रहरीले  लिएकाे हाे। 

प्रकाशित मिति: : 2021-06-11 17:43:00

प्रतिकृया दिनुहोस्