अभिनेता शुसान्त सिंह राजपुतको निधनपछि चर्चामा आएकी बलिउड अभिनेत्री रिया चक्रवर्ती ‘द टाइम मोस्ट डिजायरेबल वुमन २०२०’ सूचीको शीर्ष स्थानमा परेकी छिन्।
उनी अभिनेत्रीहरु दीपिका पादुकोण, दिशा पाटनी, कट्रिना कैफ लगायतलाई पछि पार्दै शीर्ष स्थानमा परेकी हुन्।
'द टाइम मोस्ट डिजायरेबल वुमन २०२०' को सूचीमा दोस्रो स्थानमा एडलिन क्यास्टेलिनो छिन्। उनी 'मिस युनिभर्स २०२०' की थर्ड रनरअप हुन्।
तेस्रो स्थानमा दिशा पटानी, चौथो स्थानमा कियारा आडवाणी र पाँचौं स्थानमा दीपिका पादुकोण छिन्। यस्तै छैटौं स्थानमा कट्रिना कैफ, सातौं स्थानमा ज्याकलिन फर्नान्डिज, आठौं स्थानमा अनुप्रिया गोयन्का, नवौं स्थानमा रुही सिंह र दशौं स्थानमा आवृत्ति चौधरी छन्।