कलाकार तथा प्यारोडी गायक रतन सुवेदीले आफ्नै रचना र संगीतमा गाएको गीतको म्युजिक भिडियो "देखीरहुँ जस्तो लाग्छ" छिटै रिलिज हुने भएको छ।
तारा सुवेदीको प्रस्तुती रहेको यो म्युजिक भिडियोमा गायक सुवेदीलाई अभिनयमा मोडल रिमा केसीले साथ दिएकी छिन्।
चाँद सिंहको सङ्गीत संयोजन, विशाल श्रेष्ठ र विक्रान्त श्रेष्ठको छायांकन रहेको भिडियोको निर्देशन केसी डान्स सेन्टरका नवीन केसीले गरेका हुन्।