तिम्रो पोई र म

कविता बिष्ट

काठमाडौँ
Breaknlinks
Breaknlinks

हो त? साँच्ची ऊ तिम्रै पोई हो त?
फेरि किन ऊ मलाई
मेरो हृदयमा आँधी बेहरी चलाई
मेरी प्राण, मेरी प्रियसी  भन्छ?

तिमी त केवल एक जिम्मेवारी
म भने उसकी प्राणप्यारी
बस्नुपर्ने छैन उसले अब, 
आफ्नाे मनको इच्छा मारी

कहिले पोईको आँखामा 
प्रेमपूर्वक हेरेकी छौ?
उसका अनगिन्ती सपनाहरु
कहिले आफ्नाे सम्झेकी छौ?

नियाल उसका सुस्केराहरु
उसका वेदना, संघर्ष र हारहरु
कि त माया गर त्यो प्रेमको भोकोलाई
या सुम्पीदेऊ उसकी पूजारिनीलाई बरु

अब भन, फेरी भन के ऊ
साच्चै तिम्रो पोई हो त?
फेरी किन ऊ मलाई
मेरो आत्मामा डूबुल्कि लगाई
मेरी प्राण, मेरी बुढी भन्छ?

प्रकाशित मिति: : 2021-06-12 14:54:00

प्रतिकृया दिनुहोस्