म एकताको पक्षमा छु तर टाङमुनि छिर्ने पक्षमा छैन : रघुजी पन्त

सेतोपाटी

काठमाडौँ

रघुजी पन्त

रघुजी पन्थ एमालेका स्थायी कमिटी सदस्य हुन्। उनी लामो समय देखि माधव नेपालसँग निकट छन्। अहिले पार्टीमा जारी विवादमा पनि उनी नेपाल-खनाल समूहमा छन्। एमालेभित्रको विवाद कठिन मोडमा पुगेको छ। सहमतिका लागि प्रयास भइरहेका छन्, साथै दुबैतिर तिक्तता पनि बढ्दो रुपमा देखिन्छ। पन्त पछिल्लो एक हप्तादेखि बिरामी भएर अस्पतालमा स्वास्थ्यलाभ गरिरहेका छन्। पार्टीभित्रको विवाद र यसको भविष्यबारे पन्तसँग सेतोपाटीका अमित ढकालले गरेको कुराकानीको सम्पादित अंश:

तपाईंहरूको पार्टीभित्र अहिले जुन अवस्था छ, त्यसलाई कसरी हेर्नुभएको छ?

अहिले राजनीति महाभारतमा उत्पन्न गरिएको चक्रब्यूहको जस्तो अवस्थामा छ। यो चक्रब्यूहमा देखिने गरी देशभित्रकै खेलाडी राजनीतिक नेता भए पनि यो चक्रब्यूह निर्माणको हिसाब-किताबमा बाहिरी शक्तिहरू पनि आ-आफ्ना तरिकाले संलग्न भएको देखिन्छ। नेपालको भूराजनीतिले त्यहाँ प्रभाव पारेको देखिन्छ। तर, पनि बाहिरी शक्तिलाई आलोचना गर्नुभन्दा यो चक्रब्यूहमा जसरी राजनीतिलाई पार्न खोजियो, त्यो चाहिँ भोलिका निम्ति निराशाजनक र दु:खदायी छ। यो चक्रब्यूहमा मुलुकलाई फस्न दिनुहुँदैन।    

राजनीति चक्रब्युहमा फस्नुमा को दोषी ?

यो कुरा प्रधानमन्त्रीले रोक्न सक्नुहुन्थ्यो। यसको लागि प्रधानमन्त्रीका कदम मुलत: जिम्मेवार छन्। लामो विवाद पछि नेकपमा समस्या सुल्झिने क्रममा थियो। प्रधानमन्त्री आफैंले निर्देशन जारी गर्नुभयो पाँच वर्ष आफैंले सरकार चलाउने र कार्यकारी अध्यक्ष प्रचण्डले प्रयोग गर्ने कुरा।

त्यसको दुई दिन नपुग्दै उहाँले सहमति अस्वीकार गर्नुभयो र पार्टीभित्र बितण्डा सुरू भयो। त्यसपछि उहाँले कसैलाई थाहा नदिइकन प्रतिनिधिसभा विघटन गर्नुभयो। त्यसलाई असंवैधानिक रुपमा अदालतले उल्ट्याइदियो।

प्रकाशित मिति: : 2021-06-12 16:03:00

प्रतिकृया दिनुहोस्