युरोकप : खेलाडी बेहोस भएपछि डेनमार्क र फिनल्याण्डबीचको खेल रद्द  

१६ औं संस्करणको युरोकप फुटबल अन्तर्गत डेनमार्क र फिनल्याण्डबीच खेल रद्द भएको छ।

डेनमार्कको कोपनहेगनमा पहिलाे हाफकाे खेल चलिरहेकाे बेला डेनमार्कका क्रिस्टियन एरिक्सन बेहोस भएर लडेपछि खेल रद्द भएको हो। 

उनी  बेहोस  भएर लडेसँगै यूइएफएले स्वास्थ्य आपत्कालका कारण खेल रद्द गरिएको जनाएको छ। उनी खेलकाे ४३ औं मिनेटमा बेहोस भएर मैदानमा ढलेका थिए।

जारी खेलकाे पहिलाे हाफमा डेनमार्क र फिनल्याण्ड बीचकाे खेल गाेलरहित बराबरीकाे अवस्थामा रहेकाे छ। 

प्रकाशित मिति: : 2021-06-12 22:53:00

प्रतिकृया दिनुहोस्