शैशव र आश्ना दम्पतीले भोगेको कोरोना (भिडिओ)

सेतोपाटी

विवेक राई

शैशव किशोर श्रेष्ठ र आश्ना शाक्य श्रेष्ठको चिनजान फेसबुकबाट भएको थियो। त्यो बेला शैशव काठमाडौंमा फोटोग्राफी गर्थे, आश्ना नेपालगञ्जको एक अस्पतालमा ल्याब टेक्निसियनको काम गर्थिन्। त्यहीबेला उनीहरू आपसमा जोडिएका थिए। 

फेसबुकमा कुरा गर्दै जाँदा शैशव र आश्ना दुबै एकअर्कासँग नजिकिए। त्यहीबेला शैशवले आश्नालाई विवाहको प्रस्ताव राखे। आश्नाले पनि नकार्न सकिनन्। नभन्दै गत कात्तिकमा उनीहरूले लगनगाँठो कसे। 

त्यसपछि शैशवले फोटोग्राफीकै कामलाई अगाडि बढाए। आश्नाले भने ल्याब टेक्निसियनको कामलाई अगाडि बढाउन सकिनन्। यसरी नै शैशव र आश्नाको विवाहपछिको जीवन अगाडि बढ्दै थियो। तर गत वैशाखको दोस्रो साता सुरू हुनुबित्तिकै शैशवलाई एक्कासि रुघाखोकीले च्याप्यो।

सुरूमा त मौसमी रुघाखोकी होला भनेर शैशवले वास्ता गरेनन्। पहिल्यै खाइरहेको औषधि लिएर खाए। तर पनि सुधार आएन। उल्टो शैशवलाई खोकीले च्याप्दै लग्यो।

त्यसपछि भने शैशव र आश्ना दुबैले कोरोनाको शंका लागेर परीक्षण गराए। नभन्दै दुबैलाई संक्रमण देखियो। त्यतिञ्जेल शैशवलाई मात्र अलिक गाह्रो भएको थियो। आश्नालाई भने सामान्य नै थियो। त्यसैले पनि दुबै जना होम आइसोलेसनमा बसिरहेका थिए। 

तर त्यसको एक दुईपछि शैशवको स्वास्थ्यमा थप समस्या देखिन थाल्यो र उनीहरूले अस्पताल जाने निधो गरे। त्योबेला सम्झिँदै शैशवले सेतोपाटीसँग भने, 'खोक्दा सास नै अड्किएजस्तो भएको थियो। त्यसपछि त अस्पताल जानैपर्छ भनेर टेकु अस्पताल पुग्यौं।'

प्रकाशित मिति: : 2021-06-14 07:30:00

प्रतिकृया दिनुहोस्