एघार वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
कृष्णपुर नगरपालिका-४ क्याम्पस टोल बस्ने ५३ वर्षीय धन बहादुर गुरुङलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हाे।
गुरुङले ती बालिकालाई ललाई फकाई जबरजस्ती करणी गरेको खबर पाएपछि ईलाका प्रहरी कार्यालय गुलरियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ।