बाढीले बगाउँदा बालक बेपत्ता

File photo
File photo

जिल्लाको त्रिवेणी नगरपालिकामा अविरल वर्षासँगै खोलामा आएको बाढीले बगाउँदा एक बालक बेपत्ता भएका छन्। 

बेपत्ता हुनेमा सोही नगरपालिका–५ किम्नीका स्थानीय घुरे बुढाका १३ वर्षीय छोरा कमल बुढा रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक धनदेव साउदले राससलाई जानकारी दिए। 

उनले दिएको जानकारी अनुसार गाउँ नजिकै रहेको किम्नी खोलामा आएको बाढीले सोमबार बिहान बालकलाई बगाएको हो। बेपत्ता भएका बालकको खोजी कार्य भइरहेको छ।

सोमबार बुढीनन्दा नगपालिका–३ सिराडीको लौठी रुखकी ३६ वर्षीया मोतीकला पनि बेपत्ता रहेकी छन्। गाउँ नजिकै रहेको बड्डीगाड खोलाले बगाएर ल्याएका दाउरा सङ्कलन गर्ने क्रममा बाढीले बगाएको स्थानीय धनबहादुर बोहराले बताए। आइतबारबाट आएको अविरल वर्षाका कारण जिल्लाको विभिन्न ठाउँहरुमा क्षति पुरयाएको छ। रासस 

प्रकाशित मिति: : 2021-06-14 20:40:00

प्रतिकृया दिनुहोस्