भारतीय सेनामा खुल्यो नेपाली महिलाका लागि भर्ना

भारतीय सेनामा नेपाली महिलाहरू पनि भर्ती हुन पाउने भएका छन्। 

नेपालस्थित भारतीय राजदूतावासको कल्याणकारी शाखाले सूचना जारी गर्दै नेपाली महिलाहरू पनि भारतीय सेनामा भर्ना हुन पाउने जानकारी दिएको हो।

उक्त जारी गरिएको सूचनामा आगामी जुलाई २० सम्म इच्छुकले निवेदन दिन सक्ने छन्। भारतको अम्बाल, लखनऊ, जवलपुर, बेलगाव, पुने र सिलाङमा छनौट गरिनेछ। 

१७ वर्ष ६ महिनादेखि २१ वर्ष उमेर ननाघेका, न्युनतम १० कक्षा पास गरेका र १५२ सेन्टिमिटर उचाइ भएकाले आवेदन दिन सक्ने भएका छन्। 

गोर्खा उम्मेदवारलाई ४ सेन्टिमिटरसम्म छुट दिइएको जनाइएको छ भने वीर नारीहरुको हकमा ३० वर्षसम्मको उमेरलाई छुट दिइएको छ ।

जारी गरिएको सूचनामा भैतिक परीक्षाको मापदण्ड  तोक्नका साथै सैनिक,भूपू सैनिक,वीर नारी र विधवा सैनिकका छोरीहरुको लागि तौलमा २ केजीको छुट र लिखित परीक्षामा २० अंकको बोनस प्राप्त गर्ने उल्लेख छ। 

प्रकाशित मिति: : 2021-06-14 22:22:00

प्रतिकृया दिनुहोस्