दिदीबहिनी जसले युट्युबबाट सिकेर सुरू गरे व्यवसाय

सेतोपाटी

अनुषा अधिकारी

गत वर्ष असारमा काठमाडौंमा पहिलो लकडाउन चलिरहेको थियो। काम र पढाइ ठप्प भएपछि धेरैले विभिन्न सीप सिकेर खाली समय सदुपयोग गरे। त्यही बेला काठमाडौंका जयाना दिदीबहिनीले सिर्जनात्मक काम गर्ने निधो गरेका थिए।

सृष्टि र सृजना जयानाले इन्टरनेटमा हेरेर घरभित्र भएका सामान प्रयोग गरी नयाँ-नयाँ उत्पादन बनाउन थाले।

उनीहरू युट्युबमा हेरेर ऊनको धागोले हातमा लगाउने ब्रासलेट बनाउँथे। ब्रासलेट बनाउँदा बनाउँदै सृजना र सृष्टिले इन्टरनेटमा 'म्याक्रेम' का उत्पादनबारे थाहा पाए। म्याक्रेम शब्द अरबी भाषाबाट आएको हो। यो धागोलाई बुनेर (गाँठो पारेर) सजावट सामग्री बनाउने एउटा कलाको रूपमा बुझिन्छ।

यसका उत्पादन राम्रा र बुनाइको तरिका पनि अलि फरक भएकाले जयाना दिदीबहिनीलाई मनपर्‍यो। उनीहरूले युट्युबमा हेर्दै घरमै बसेर म्याक्रेम सामान बनाउन थाले। इन्स्टाग्राममा 'म्याक्रेम लेस्ड' नामको पेज खोले र आफूहरूले बुनाएका सामानका फोटा राखे। बिस्तारै पेजमा 'फलोअर्स' संख्या बढ्दै गयो। केहीले उत्पादन मन पराएर किन्न पनि खोजे।

प्रकाशित मिति: : 2021-06-15 07:08:00

प्रतिकृया दिनुहोस्