एक चिकित्सकको अनुभव: कोरोनाको दोस्रो लहरमा जो कोहीलाई भावविह्वल बनाउने अस्पतालका ती दृश्य

लोकान्तर

काठमाडाैं

‘मेरो बुवाको शव सेनाले आर्यघाटमा जलाइरहेको छ । बहिनी आईसीयूमा छिन् । भाइ इमर्जेन्सी वार्डमा भर्ना भएको छ । मैले के गर्ने ? कसरी गर्ने ? परिवार नै सिद्धिएलाजस्तो भयो डाक्टरसाब,' बिरामी कुरुवा बसेकी ३५ वर्षीया महिलाले उपचारमा खटिएका चिकित्सक डा. नवीनकुमार मिश्रसामु रुँदै आफ्नो पीडा सुनाइन् ।

‘केही हुँदैन । अस्पतालमा भर्ना भएपछि सबै ठीक हुन्छ । भेन्टीलेटरमा राखिएको छ । अहिले पहिलाभन्दा सुधार आएको छ,’ ती महिलालाई सान्त्वना दिँदै चिकित्सक मिश्रले आश्वस्त पार्न खोजेका थिए । कुरुवा बसेकी ती महिला पनि पछि संक्रमित भइन् र त्यहीँ उपचार गर्नुपर्‍यो ।

आईसीयू तथा भेन्टीलेटरमा रहेकी उनकी बहिनीले कोरोनालाई जित्न सकिनन् । केही दिनपछि निधन भयो ।

ती महिला र उनका भाइ निको भएर अस्पतालबाट डिस्चार्ज भए तर बहिनी र बुवालाई बचाउन सम्भव भएन ।

काठमाडौं मेडिकल कलेज (केएमसी) को कोभिड टास्क फोर्सका सदस्य एवं प्रवक्ता डा. नवीनकुमार मिश्रले कोरोनाको दोस्रो लहरमा देखेको एक पारिवारिक वियोगको घटना हो यो ।

यो त उदाहरण मात्र हो, यस्ता घटना अस्पतालमा दिनदिनै देखिन्छन् । उनी मन दह्रो बनाएर संक्रमितको उपचारमा खटिएकै छन् ।

प्रकाशित मिति: : 2021-06-15 15:01:00

प्रतिकृया दिनुहोस्