नेपाल भाषा संरक्षण अभियानले विधालयस्तरमा स्थानीय मातृभाषा (नेपाल भाषा)को विषय अनिवार्य अध्यापन गराउन माग गर्दै मध्यपुरथिमि नगरपालिकालाई ज्ञापनपत्र बुझाएको छ।
नगरपालिकाको विद्यालयस्तरमा स्थानीय मातृभाषाको विषय अनिवार्य अध्यापन गराउनुपर्ने माग गर्दै नगर प्रमुख मदनसुन्दर श्रेष्ठलाई नेपाल भाषा संरक्षण अभियानका संयोजक कृष्णकाजी मानन्धर, सदस्यहरु नवीनप्रकाश श्रेष्ठसहितको टोलीले ज्ञापनपत्र बुझाएको हो।
नगर प्रमुख श्रेष्ठले ज्ञापनपत्र बुझ्दैे आगामी असार ७ गतेदेखि शुरु हुने मध्यपुरथिमिको नगर परिषद्को बैठकमा यसलाई प्रस्तावको रुपमा पेश गरी अगाडि बढाउने बताए। रासस