कोरोना अपडेटः २७४५ जना संक्रमित, ४१८७ जना निको

पछिल्लो २४ घण्टामा २ हजार ७४५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ७ हजार ४ सय ४९ जनामा पिसिआर परीक्षण गरिएकोमा १६८१ र ५८४१ को एन्टिजेन परीक्षण गरिएकोमा १०६४ जना गरी २ हजार ७४५ जनामा संक्रमण पुष्टि भएको हो।

यस्तै ४ हजार १८७ जना निको भएका छन्। पछिल्लो २४ घण्टामा कोरोनाबाट ४१ जनाको मृत्यु भएको छ। योसहित कूल मृत्यु हुनेको सङ्ख्यामा ८ हजार ५०६ जना पुगेको छ।

मन्त्रालयका अनुसार हालसम्म ६ लाख १२ हजार २०२ जना कोरोना सङ्क्रमित हुँदा ५ लाख ४० हजार ४३९ जना निको भएका छन्। 

प्रकाशित मिति: : 2021-06-15 17:25:00

प्रतिकृया दिनुहोस्