स्टोरिज अफ नेपाल नामक संस्थाले सदरमुकाम चैनपुरमा डेरामा बस्दै आएकी एकल महिलालाई राहत दिएको छ।
स्टोरिज अफ नेपालका सञ्चालक जय पौडेलले जाजरकोटको कुस्मा गाउँपालिका–३ घर भएकी विगत १८ वर्षदेखि सदरमुकाम चैनपुरमा मजदूरी गरेर कोठा भाडामा बस्दै आएकी देवीसरा पुनलाई नगद रु २५ हजार सहयोग गरेको हो।
मजदूरी गरेर जीविकापार्जन गर्दै आएका पुनका परिवारका सहारा देवीसराका श्रीमान् खडक पुनको गत वैशाख जडीबुटी सङ्कलनका लागि जङ्गल गएका बेला भिरबाट लडेर मृत्यु भएपछि सो परिवार चैनपुर बजारमा मजदूरी गर्दै गुजारा चलाएको थियो। रासस