‘पहिला हुन्छ भनेकी घरबेटीले म कामीकी छोरी हुँ भन्दा कोठा दिन मानिनन्’

सेतोपाटी

काठमाडाैं

तनहुँकी २४ वर्षीया रूपा सुनार काठमाडौंको बबरमहलमा आमासँग बस्छिन्। उनीहरूको भाडाको कोठा छ।

इमेज टेलिभिजनको उकाली-ओराली कार्यक्रमकी प्रस्तोता रूपा पछिल्लो समय कोठा सर्न खोज्दै थिइन्।  आमासँग भाडाको कोठा थियो।

कोरोनाभाइरसको महामारी रोक्न निषेधाज्ञा  गरियो। रूपा पनि अरू काम घरबाटै गर्थिन्। कार्यक्रम चलाउन केही समय कार्यालय जान्थिन्।

आमा-छोरीलाई एउटामात्रै कोठा साँघुरो भएको थियो। त्यही भएर उनी सर्नका लागि कोठा खोजिरहेकी थिइन्। कतै कोठा भेटिए आफूलाई जानकारी दिन साथीहरूलाई भनेकी थिइन्।

मंगलबार दिउँसो उनकी एकजना साथीले बबरमहलमै कोठा छ हेर्न जाउँ भनिन्। उनीहरू तीन जना भएर कोठा हेर्न गए।

घरबेटी प्रधान थरका रहेछन्। कोठा हेरेपछि रूपालाई मन पर्‍यो।

घरबेटीसँग भाडाको कुरा भयो। कुरा मिल्यो।  घरबेटीले कोठामा बस्दा राम्रोसँग बस्नु पर्ने बताइन्।

‘हल्ला गर्ने, अबेला आउने, मान्छेहरू धेरै ल्याउनेजस्ता काम गर्न पाइन्न,' घरबेटीले भनेको कुरा उद्धृत गर्दै रूपाले सेतोपाटीसँग भनिन्,‘आफ्नै छोरीहरूजस्तो लाग्यो मलाई। एउटै घरको मान्छे जस्तो भएर बस्नुपर्छ। बसेपछि भाडामा बस्नेलाई पनि हामीले हेप्नु हुँदैन, भाडामा बस्नेले पनि अरूको घर सम्झेर बस्नुहुँदैन। सबै जना मिलेर बस्नुपर्छ।'

प्रकाशित मिति: : 2021-06-16 22:24:00

प्रतिकृया दिनुहोस्