मिलाउनभन्दा फुटाउनै दाउपेच

केही दिनअघि सिंहदरबारस्थित नेकपा एमालेको संसदीय दलको क्यान्टिनमा एमालेनेता तथा निवर्तमान सांसद सोमनाथ पाण्डेले २०५४ सालमा नेकपा एमाले फुटेपछिको एउटा घटना सुनाउँदै हुनुहुन्थ्यो।

नेकपा एमालेको भातृ संगठन अखिल नेपाल किसान संघले विदेशी कम्युनिष्ट पार्टीका भातृ संगठनहरूको सहकार्यमा कृषि तथा कृषि मजदुरहरूका लागि पनि काम गर्ने भएकाले त्यहाँका कम्युनिष्ट पार्टी आवद्ध किसान नेताहरू नेपाल आइरहँदा रहेछन्।

२०५४ सालमा पार्टी विभाजन भएका बेला पनि कुनै विदेशी किसाननेता नेपालमा आएका र उनले नेकपा एमाले फुट्नुको कारण के रहेछ भनेर किसान संघका नेतासँग ‘ह्वाई सीपीएन युएमएल ब्रेक कमरेड?’ भनेर अंग्रेजीमा सोधेछन्। त्यसको जवाफमा ‘सीपी मैनाली पुस द फिंगर टु वामदेवस्एनस, देन सीपीएन युएमएल ब्रेक कमरेड।’ भनेका थिए रे।

त्यो कुरा सुनेपछि क्यान्टिनमा चिया खाँदै गरेका हामीहरू निकै हाँस्यौं र अहिले पनि एकले अर्काको पछाडिबाट घोच्ने प्रवृत्ति हावी भएको र नेताहरू पनि त्यही घोचाईका पछाडि लागेकाले यो परिणाम आएको हो कि भन्ने पनि विश्लेषण भएको थियो। २०५४ सालमा छैटौं महाधिवेशन पछि नेकपा एमाले औपचारिक रूपमा विभाजन भयो। विभाजित पार्टी नेकपा माले बन्यो। त्यसको नेतृत्व वामदेव गौतम, सहाना प्रधान, सीपी मैनालीहरूले गरेका थिए भने नेकपा एमालेको नेतृत्व माधव नेपाल, केपी ओलीहरूले गरेका थिए।

प्रकाशित मिति: : 2021-06-17 08:19:00

प्रतिकृया दिनुहोस्