कोभिड नेपाल: अत्यावश्यक औषधि पारासिटामोलको मूल्य वृद्धिको माग महामारीमा अभाव भएकै बेला किन?

बिबिसी

काठमाडाैं

महामारीको बेला केही समयअघि अत्यावश्यक औषधि पारासिटामोलको अभाव भयो।

मानिसहरूले घरमा जगेडा राख्न खोज्दा र मूल्य बढ्ने आशङ्काका कारण बजारमा पारासिटामोल अभाव भएको जानकारहरू बताउँछन्।

सिटामोल भनिने यो ओषधि 'अति आवश्यक औषधि'को सूचीमा पर्छ र अहिले अभाव नभएको औषधि व्यवस्था विभागका प्रवक्ता सन्तोष केसी बताउँछन्।

तर औषधि उत्पादक सङ्घले विगत १४ वर्षदेखि २१ अत्यावश्यक औषधिको मूल्य समायोजन नभएको भन्दै यो अवस्था रहिरहे फेरि पारासिटामोलको अभाव हुन सक्ने बताएको छ।

पारासिटामोलको माग धेरै

औषधि व्यवस्था विभागका केसीका अनुसार नेपालमा सामान्य अवस्थामै वार्षिक साढे पाँच करोड पारासिटामोल खपत हुन्छ। तीमध्ये पाँच करोड ट्याब्लेट नेपालकै २७ कारखानाले उत्पादन गर्छन्।

कोभिड महामारीमा सङ्क्रमणको सुरुकै लक्षणमा आवश्यक पर्ने भएकोले पारासिटामोलको माग र खपत अझै बढी हुने गरेको उनले बताए।

प्रकाशित मिति: : 2021-06-17 16:43:00

प्रतिकृया दिनुहोस्