थप २६०७ जनामा कोरोना संक्रमण पुष्टि, ३९ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा २ हजार ६०७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १२ हजार ४८४ नमूना परीक्षण गर्दा २ हजार ६०७ जनामा सङ्क्रमण पुष्टि भएको हाे।

यससँगै नेपालमा कोरोना सङ्क्रमण हुनेको संख्या ६ लाख १५ हजार ९८४ पुगेको छ । ती मध्ये ५ लाख ४५ हजार ६६२ जना सङ्क्रमणमुक्त भएको छन्।

आज २ हजार १४१ जना कोरोना सङ्क्रमण मुक्त भएका छन् भने सङ्क्रमणबाट ३९ जनाको ज्यान गएको छ। हालसम्म नेपालमा कोरोना सङ्क्रमणबाट ८ हजार ५९७ जनाले ज्यान गुमाएका मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: : 2021-06-17 17:04:00

प्रतिकृया दिनुहोस्