बुटवल–पाल्पा सडक एकतर्फी सञ्चालनमा

सांकेतिक तस्वीर
सांकेतिक तस्वीर

पहिरोका कारण अवरुद्ध सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडक एकतर्फी सञ्चालनमा आएको छ।

निरन्तरको वर्षापछि खसेको पहिरोले पाल्पाको गौडेपुल नजिकै तीनदिनदेखि अवरुद्ध सडक आज दिउँसोदेखि सञ्चालनमा आएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ।

अविरल वर्षासँगै खसेको पहिरोले झण्डै ५० मिटर सडक बगाएपछि सडक अवरुद्ध भएको थियो।

उक्त सडकको विकल्पमा डाइभर्सन राखेर सडक सञ्चालन गरिएको प्रहरी जवान हरीशकुमार पाण्डेले जानकारी दिए।

सडक एकतर्फी खुलेपछि रोकिएका यात्रु तथा सवारीसाधनलाई पालैपालो गन्तव्यतर्फ पठाइएको छ।  बुटवल नारायणगढ सडकखण्ड भने अझै खुलेको छैन।रासस
 

प्रकाशित मिति: : 2021-06-17 17:42:00

प्रतिकृया दिनुहोस्