राहत सामग्री बोकेर गएका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल मनाङमै रोकिएका छन्। प्रतिकुल मौसमका कारण उनी उत्तै रोकिएका हुन्।
मुख्यमन्त्री सहितको टोली राहत सामग्री लिएर हेलिकोप्टरमा मनाङ सदरमुकाम चामेमा पुगेको गण्डकी सरकारका प्रवक्ता कुमार खड्काले जानकारी दिए।
मनाङमा मौसम बदली भएकाले हेलिकोप्टर उद्धारसमेत खटिन नसकेको उनले सुनाए। नेपाली सेनाको हेलिकोप्टर उद्धारमा खटिने र प्रभु एअरको हेलिकोप्टरमा मुख्यमन्त्री फर्किने योजना रहेता पनि मौसमका कारण रोकिएको प्रवक्ता खड्काले बताए।
प्रभु एअरको हेलिकोप्टर पनि अहिले मनाङका बगरछापमा रोकिएको उनले बताए।
मुख्यमन्त्रीले भोलि प्रदेश सभामा विश्वासको मत लिने कार्यतालिका छ। मौसम खुलेपछि बिहानै मुख्यमन्त्री पोखरा फर्किने र नियमित कामहरु सूचारु हुने प्रवक्ताको भनाइ छ।