युरोकप फुटबलमा आज (शनिबार) तीन ठूला खेलहरु हुँदैछन्।
पहिलो खेलमा फ्रान्स र हंगेरीले प्रतिस्पर्धा गर्दैछन्। दुई टिमबीचको खेल साँझ ६ः४५ बजे सुरु हुनेछ।
दोस्रो खेलमा पोर्चुगल र जर्मनी भिड्ने छन्। दुई टिमबीचको खेल राति ९ः४५ बजे सुरु हुनेछ।
तेस्रो खेलमा स्पेन र पोल्याण्डबीच प्रतिस्पर्धा हुनेछ। स्पेन र पोल्याण्डबीचको खेल राति १२ः४५ बजे सुरु हुनेछ।