'बहुविवाह समृद्धि र विकासको वाधक हो'

File photo
File photo

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री चन्दा चौधरीले दाइजो, बालविवाह, तलाक, अनमेल तथा बहुविवाह समृद्धि र विकासको वाधक रहेको बताएकी छन्। 

महोत्तरीको मटिहानी पुगेकी मन्त्री चौधरीले आफ्नै सम्मानमा मटिहानी नगरपालिकाले आयोजना गरेको कार्यक्रममा यी सामाजिक विकृति नहटेसम्म समृद्धि र सुखको अनुभूति लिन नसकिने बताएकी हुन्। 

जनता समाजवादी पार्टीकी नेत्री मन्त्री चौधरीले छोरी शिक्षालाई बढावा दिन नगरप्रमुख हरिप्रसाद मण्डलसहित स्थानीय जनप्रतिनिधिसँग अपिल गरिन्। 

प्रकाशित मिति: : 2021-06-19 21:44:00

प्रतिकृया दिनुहोस्