पैसा लिएर याैन सम्बन्ध राख्ने अभिनेत्रीहरू पाँचतारे हाेटलबाट पक्राउ

बलिउडका विभिन्न अभिनेत्री तथा मोडलहरु बेलाबेलामा यौन व्यापारमा लागेको चर्चा चलिरहन्छ।

पछिल्लो समय अभिनेत्री अमृता धनोआ र मोडल ऋचा सिंहलाई यौन व्यापार गरेको आरोप लागेको छ। मुम्बइको एक पाँचतारे होटलमा यौन र्याकेट बारेमा गोप्य सुचना पाएपछि प्रहरीले छापा मारेको थियाे।

उक्त यौन गतिविधिमा अमृता र ऋचाको मुख्य हात रहेको अनुसन्धानबाट खुलासा भएको छ। उनीहरुले महंगो शुल्क लिएर विभिन्न व्यवसायीहरुसँग यौन सम्बन्ध राख्ने र अन्य युवतीहरुलाई पनि यौन गतिविधिमा संग्लन गराउदै आएको पाइएको हो।

उनीहरुलाई अहिले प्रहरीले धरौटीमा छाडे पनि मुख्य निगरानीमा राखेको छ। उनीहरु यौन व्यापारको आरोपमा यसअघि पनि पक्राउ परेका थिए।

प्रहरी डिसीपी डि स्वामीले यसबारे जानकारी दिदै भनेका छन्, 'हामीले अन्तिम चेतावनी दिएर छाडेका छौ, तर निगरानी राखिरहेका छौ।' 

 

प्रकाशित मिति: : 2021-06-20 16:30:00

प्रतिकृया दिनुहोस्