झलनाथ खनालको स्वास्थ्यमा क्रमिक सुधार

फाइल तस्वीर
फाइल तस्वीर

पूर्वप्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ।

भारतको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा उपचाररत नेकपा (एमाले) का वरिष्ठ नेताका  स्वास्थ्यमा सुधार भएको उनका स्वकीय सचिव कृष्ण भट्टराईले बताए।

खनालमा ज्वरो आउने, टाउको दुख्ने र खोकी लाग्ने समस्या हटिसकेको छ। उपचारमा अक्सिजनको सपोर्ट राखिएकामा हटाइएको छ। 
खनाललाई थप उपचारका लागि यही असार २ गते नयाँ दिल्ली लगिएको थियो। रासस

प्रकाशित मिति: : 2021-06-20 18:27:00

प्रतिकृया दिनुहोस्