चैते धान भित्र्याउने किसानलाई चटारो

File photo
File photo

वर्षाको शुरुवातसँगै अधिकांश किसानलाई रोपाइँको चटारो भइरहेका बेला बर्दियाका किसानलाई भने यतिखेर चैते धान भित्र्याउने चटारो परेको छ। 

गत फागुनदेखि चैतको पहिलो सातासम्म रोपाइँ गरिसकेका किसानहरु घरघरमा धान भित्र्याउन व्यस्त छन्। यस वर्ष करिब दुई बिगाहा क्षेत्रफलमा चैते धान खेती गरेका किसान चक्रलाल थारुले  खेतमा पानी पसिसकेकाले धान काट्न गाह्रो भएको बताए। 

प्रधानमन्त्री कृषि आधुनिकीकरण आयोजनाअन्तर्गत धान सुपरजोन राजापुरको कार्यक्रमका प्रमुख डा तपेन्द्र शाहको अनुसार किसानलाई मनसुन शुरु भएसँगै धान काट्ने र रोप्ने चटारो भएको बताए। रासस 

प्रकाशित मिति: : 2021-06-20 21:10:00

प्रतिकृया दिनुहोस्