कोरोना अपडेट : २२९७ जनामा संक्रमण, ४६ जनाको मृत्यु

नेपालमा थप २ हजार २२९७ जना कोरोना भाइरसका सङ्क्रमित भेटिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ९०४ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १५८४ तथा एन्टिजेन विधिबाट ७१३ जनामा संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा ३ हजार १३० जना उपचारपछि निको भएर घर फर्किएका छन्।

यस्तै गत २४ घण्टामा थप ४६ जनाको मृत्यु भएसँगै कुल मृतकको सङ्ख्या ८ हजार ७७२ पुगेको छ। 

प्रकाशित मिति: : 2021-06-21 17:02:00

प्रतिकृया दिनुहोस्