सामाजिक सञ्जालमा भाइरल बनेको सविता भण्डारी मृत्यु-प्रकरण

'तिमीलाई धेरै म माया गर्छु है

ए माया, तिमीभन्दा म पहिले मर्छु है...'

साम्यक एन सबी नामको टिकटक एकाउन्टमा वैशाख ४ गते एउटा भिडिओ पोष्ट भएको छ। सविता भण्डारीले टिकटकमा अन्तिम पटक पोष्ट गरेको भिडिओ यही हो।

भिडिओ पोष्ट गरेकै दिन साँझ चितवन मेडिकल कलेजले सविताको मृत्यु भएको घोषणा गर्‍यो।

यो दुई महिनाको अवधिमा सविताको मृत्युको विषयमा युट्युब र सामाजिक सञ्जालमा अनेकथरी टीकाटिप्पणी आइरहेका छन्।

घाँटीमा पासो लगाएको अवस्थामा भेटिएकी सविताको मृत्युको आत्महत्या, आत्महत्या दुरूत्साहन वा हत्या के थियो? मानिसहरू आ-आफ्नै टिप्पणी राख्दै सामाजिक सञ्जालमा प्रस्तुत भइरहेका छन्।

केही युट्युब, टिकटक प्रयोगकर्ताले त अदालतले झैं एक पक्षलाई दोषी करार गरेर फैसला सुनाउने गरेका छन्। यस विषयमा अनेक खाले भिडिओ उनीहरू बनाउँछन्, कति सनसनीपूर्ण हुन्छन्, कति तथ्यविहीन।  

सविताको मृत्युको विषयमा अनुसन्धान गरेको प्रहरीले सरकारी वकिलमार्फत् जिल्ला अदालतमा अभियोगपत्र दर्ता गरिसकेको छ।

प्रकाशित मिति: : 2021-06-21 19:37:00

प्रतिकृया दिनुहोस्