गिद्ध हेर्न आउनुस् घेरा भीर

यतिबेला दुर्लभ गिद्धलाई असारे चटारो छ। माउहरूले भर्खर गुँडबाट उडाएका बचेरालाई आहार खोज्न, खान र शत्रुबाट बच्न सिकाउँदै छन्।

अर्घाखाँचीको मालारानी गाउँपालिकास्थित घेरा भीर हिमाली, हाडफोर र सेतो प्रजातिका गिद्धले सँगै गुँड लगाउने नेपालको एक मात्र पहारा हो। यस ठाउँलाई घेरा लेक पनि भनिन्छ।

 करिब दुई साताअघि त्यहाँ पुग्दा गिद्धहरू बचेरालाई उड्न सिकाइरहेका थिए। उनीहरूले गुँडमा रहेका केही बचेरालाई आहार लिएर खुवाउँदै गरेको पाइएको विगत बाह्र वर्षदेखि अर्घाखाँचीमा गिद्धको अध्ययन, अनुसन्धान गरिरहेका गिद्ध विज्ञ कृष्ण भुसालले बताए।

असोज÷कात्तिकदेखि गुँड बनाउन सुरु गरेका गिद्धले जेठ अन्तिमसम्म बचेरा उडाउँछन्। यस वर्षको प्रजनन अवधिमा घेराभीरमा हिमाली गिद्धका ३० वटा, हाँडफोर गिद्धका २ वटा र सेतो गिद्धका ३ वटा गुँडबाट बचेरा उडाएको भुसालले बताएका छन् । गिद्धले वर्षमा एउटा मात्र अन्डा पार्छ।

प्रकाशित मिति: : 2021-06-23 07:09:00

प्रतिकृया दिनुहोस्