कोभिड खोपः दोस्रो मात्रा समयमै उपलब्ध हुन नसक्दा विश्वव्यापी खोप अभियानमा कस्तो सङ्कट

बिबिसी

काठमाडाैं

आस्ट्राजेनेका, फाइजर र स्पुत्निकसहित अहिले उपलब्ध अधिकांश कोभिड खोप निश्चित अन्तरालमा दुई मात्रा लगाएपछि मात्र पूर्ण रूपमा प्रभावकारी हुन्छन्।

कोरोनाभाइरसको सङ्क्रमणबाट आफ्ना नागरिकलाई जोगाउन राष्ट्रहरूले प्रतिस्पर्धा गरिरहँदा यही प्रावधान समस्याका रूपमा देखा परेको छ।

आपूर्तिको समस्या, कच्च पदार्थ र उत्पादनसम्बन्धी चुनौती एवं सामाजिक विषयका कारण धेरै ठाउँमा खोपको दोस्रो मात्रा उपलब्ध हुन सकेको छैन।

के यी जटिलताहरूले कोरोनाभाइरसलाई परास्त गर्ने विश्वव्यापी प्रयासमा कुठाराघात गर्लान् त?

'दुई मात्रा कोभिड खोप नै चाहिन्छ'

“यतिखेर गम्भीर बिरामी हुनबाट बच्नका लागि खोप नै सबैभन्दा उपयुक्त माध्यम हो,” स्कटिश सरकारका सल्लाहकार पनि रहेका यूनिभर्सिटी अफ एडिन्वराका प्राध्यापक देवी श्रीधरले बीबीसीको टुडे कार्यक्रममा भने।

महामारीका बीचमा नयाँ र थप सङ्क्रामक भेरिअन्टहरू देखा पर्न सक्ने भन्दै स्कटल्यान्डले पहिलो र दोस्रो पटक कोभिड खोप दिने समयावधि घटाएको छ।

एउटा त्यस्तो उदहारण डेल्टा भेरिअन्ट हो जुन सबैभन्दा पहिले भारतमा देखा परेको थियो।

प्रकाशित मिति: : 2021-06-23 14:54:00

प्रतिकृया दिनुहोस्