युरोकप फुटबलमा फ्रान्स पनि नकआउट चरणमा प्रवेश गरेको छ।
बुधबार राति भएको खेलमा पोर्चुगलसँग २-२ गोलको बराबरी खेल्दै फ्रान्स नकआउट चरणमा प्रवेश गरेको हो।
फ्रान्सका लागि करिम बेन्जिमाले दुई गोल गरे भने पोर्चुगलका लागि क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे।
खेलको ३१ औं मिनेटमा कप्तान रोनाल्डोले पेनाल्टीमार्फत् गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए।
रोनाल्डोले पोर्चुगलका लागि १ सय ९औं अन्तराष्ट्रिय गोलसमेत पूरा गरेका छन्। उनले सर्वाधिक धेरै अन्तराष्ट्रिय गोल गर्ने इरानका अलि दाइको कीर्तिमानसँग बराबरी समेत गरेका हुन्।
रोनाल्डो युरोकपमा सर्वाधिक धेरै गोल गर्ने कीर्तिमानी खेलाडी समेत बनेका छन्।