खोप अभाव भएका देश कोरोना भाइरस उत्परिवर्तनको 'उर्वर भूमि बन्ने' जोखिम

बिबिसी

काठमाडौँ

नेपालमा हालै पुष्टि भएको कोरोनाभाइरसको डेल्टा भेरिअन्टमा देखिएको नयाँ उत्परिवर्तनले ल्याउने थप जोखिमबारे अध्ययन र विश्लेषण हुन बाँकी छ।

तर "तत्काललाई यसको असर कम्तीमा डेल्टा भेरिअन्टजस्तो हुन सक्ने" भनेर बुझ्नुपर्ने र सतर्क हुनुपर्ने विज्ञहरूले बताएका छन्।

के४१७एन वा एवाई १ उत्परिवर्तन नेपालसहित अमेरिका, ब्रिटेन, पोर्चुगल, स्विट्जरल्यान्ड, जापान, पोल्यान्ड, रुस र चीनमा देखा परेको छ।

भाइरोलोजिस्ट डा. सुदीप खड्काले एवाई १ लाई 'मूल भाइरस डेल्टा भेरिअन्ट नै मान्दा समेत त्यसको फैलावट दर उच्च नै रहेको' बताए।

प्रकाशित मिति: : 2021-06-24 13:16:00

प्रतिकृया दिनुहोस्