शक्तिशाली र सुन्दर बन्ने अथाह सम्भावना बोकेका तमाम महिलाका नाममा!

सेतोपाटी

काठमाडाैं

दृश्य १- अस्पतालको भुँइतल्लामा भिडिओ एक्स-रे गर्ने कोठा छ। कोठा प्रायजसो अँध्यारो हुन्छ। भिडिओ एक्स-रे गर्दै मनिटरमा मानिसका अंग-आकृति सजिलै देख्न सकियोस् भनेर कोठा अँध्यारो पारिएको हो।

कोठामा बिरामी सुताउने एउटो लाम्चो तर साँघुरो बेड छ। यो बेडमा विभिन्न रोग लागेका बिरामी सुत्न आइपुग्छन्। यही सिलसिलामा अहिले भिडिओ एक्स-रे कोठामा आइपुगेकी छिन् एक गर्भवती महिला।

उनलाई बेडमा पल्टन सहयोग गरेपछि उनका श्रीमान त्यहाँ टाँगेको नीलो पर्दाबाहिर उभिन्छन्। उनलाई कोठाबाहिर कुर्न भनिएको हो। तर उनी अटेर गरेर त्यहीँ पर्दापछाडि उभिएका छन्। श्रीमानको हातमा श्रीमतीको कालो रङको महिलाले बोक्ने झोला देखिन्छ। उनी एकैछिनमा त्यो झोला श्रीमतीले कुममा भिर्ने तरिकामै भिर्छन्। केटा मान्छेले महिलाले बोक्ने झोला त्यसरी बोकेको देख्दा अलि हाँस उठ्दो लाग्ने रहेछ। 

अब भिडिओ एक्स-रे गर्ने डाक्टर ती गर्भवती महिलाको पेटमा घोट्ने यन्त्र राखेर मनिटरमा ध्यान दिँदै छन्। मनिटर स्क्रिनमा हात, गोडा सल्बलाउँदै गरेको सानो जीवनको आकृति देखिन्छ।

डाक्टर बोल्छन्, 'आजको भिडिओ एक्स-रेले अहिलेसम्म बच्चाको राम्रो विकास भइरहेको देखाएको छ। केही हप्तामा फेरि दोहोर्‍याउनु पर्छ। त्यति बेलाको कुरा त्यति बेलै भनौंला।'

प्रकाशित मिति: : 2021-06-25 11:19:00

प्रतिकृया दिनुहोस्