युरोकप फुटबलमा आज (आइतबार) दुई खेलहरु हुँदै छन्।
नकआउट चरणअन्तर्गत राति दुई खेलहरु हुन लागेको हो।
आज हुने पहिलो खेलमा नेदरल्यान्ड्स र चेक रिपब्लिक भिड्दैछन्। यो खेल राति ९ः४५ बाट सुरु हुनेछ।
त्यस्तै दोस्रो खेलमा बेल्जियम र पोर्चुगल प्रतिस्पर्धा गर्नेछन्। यो खेल राति १२ः४५ मा सुरु हुनेछ।