युरोकप फुटबलको अन्तर्गत बेल्जियमले पोर्चुगललाई पराजित गरेको छ।
आइतबार राति भएको प्रि-क्वाटरफाइनल खेलमा पोर्चुगललाई १-० गोल अन्तरले पराजित गर्दै बेल्जियमले जित हात पारेको हो।
यससँगै बेल्जियम क्वाटरफाइनलमा प्रवेश गरेको छ।
बेल्जियमलाई जित दिलाउन खेलको ४२ औं मिनेटमा थोर्गन हाजार्डले निर्णायक गोल गरे।
पोर्चुगल अन्तिम १६ बाटै बाहिरिएको छ। अब बेल्जियमले क्वाटरफाइनलमा इटालीसँग प्रतिस्पर्धा गर्नेछ ।