चेक रिपब्लिक पनि क्वाटरफाइनलमा

Photo : SBSsports
Photo : SBSsports

चेक रिपब्लिक युरोकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ।

आइतबार राति भएको प्रि-क्वाटरफाइनलमा उपाधिको दाबेदार मानिएको नेदरल्यान्ड्सलाई  २-० गोल अन्तरले पराजित गर्दै चेक रिपब्लिक क्वाटरफाइनलमा प्रवेश गरेको हो।

चेक रिपब्लिकलाई जित दिलाउन टोमस होल्स र प्याट्रिक शिकले एक एक गोल गरे।

खेलको ५५ औं मिनेटमा डिफेन्डर म्याथिस डी लिग्टले रातो कार्ड पाएपछि नेदरल्यान्ड्स १० खेलाडीमा समेटिएको थियो। 

अब चेक रिपब्लिकले क्वाटरफाइनलमा डेनमार्कसँग खेल्नेछ। नेदरल्यान्ड्स भने प्रतियोगिताबाट बाहिरिएको छ।
 

प्रकाशित मिति: : 2021-06-28 07:02:00

प्रतिकृया दिनुहोस्