आफ्नै सहरमा क्याफे चलाउन मकाउबाट फर्किएका राजेन्द्र

नारायण खड्का

 

फर्निचरहरू एकमाथि अर्कौ पार्दै खप्टाएर राखिएको छ। केही बरको रूख मुन्तिर जस्तापाताले छोपेर थन्काइएको छ।

शनिबार बिहान १० बज्दै गर्दा तुलसीपुरस्थित ‘द पार्क क्याफे’ को दृश्य यस्तै थियो। यो दृश्यले कोभिड-१९ को दोस्रो लहर र त्यसले होटेल तथा रेष्टुँरा क्षेत्रमा परेको असर अध्ययन गर्न कठिन हुन्थेन।

क्याफे सञ्चालक २८ वर्षीय राजेन्द्र महतरा फोनमा व्यस्त थिए। उनी अर्डर सुन्दै टिप्दै गरिरहेका थिए।

दाङमा मध्य वैशाखदेखि जारी निषेधाज्ञा असार १५ सम्म लम्ब्याइएको छ। अझै पनि होटेल तथा रेष्टुराँ खोल्न मिल्ने आदेश आइसकेको छैन।

धन्न स्थानीय प्रशासनले दिउँसो तीन बजेसम्म  होम डेलिभरीको सेवा दिन पाउने नियम ल्यायो।

त्यसैले, मुर्झाउन थालेको रेष्टुराँ व्यवसाय विस्तारै जुर्मराउने तरखर गरिरहेको छ।

उनको रेष्टुराँले पनि गति लिँदैछ।  

कोरोनाको कहर कहिले सकिन्छ र निषेधाज्ञा कहिले सकिन्छ? त्यसको कुनै टुंगो छैन। त्यस्तो अवस्थामा कति दिन थन्किएर बस्ने? घर व्यवहार कसरी चलाउने ? यो चिन्ता जोकोहीलाई हुनु स्वाभाविक हो।

प्रकाशित मिति: : 2021-06-29 11:00:00

प्रतिकृया दिनुहोस्