आगामी जुलाई–अगष्टमा टोकियोमा हुने ओलम्पिकका लागि स्पेनले आफ्नो फुटबल टोलीको घोषणा गरेको छ।
जसमा हाल भइरहेको युरो २०२० मा खेलिरहेका ६ खेलाडी स्पेनको ओलम्पिक टिममा परेका छन् भने इनज्याेरीका कारण युरोकप गुमाएका भेट्रान डिफेडर सर्जियो रामोस ओलम्पिक टिम परेनन्।
रामोससंगै फेरान टोरेस र बोजा मोयाराल भने टिममा परेनन् ।
प्रशिक्षक लुइस डे ला फुएन्टेले मंगलबार ओलम्पिकका लागि २२ सदस्यीय टोली घोषणा गरेका हुन्।
जसमा युरो खेलिरहेका गोलकिपर उनाइ सिमोन, डिफेण्डर एरिक गार्सिया र पाउ टोरेस मिडफिल्डर पेड्री गोन्जालेज तथा फरवार्ड मिकेल ओयाजाबाल र डानी ओल्मो छन्।
सिमोन टोरेस ओल्मो र पेड्रीले स्पेनका लागि युरोमा पहिलो रोजाईमा समेत खेलिरहेका छन्।
यसैगरी ओलम्पिक टिमका लागि २३ वर्षमाथिका तीन खेलाडीमा स्पेनले डानी सेबालोस, मार्को असेन्सियो र मिकेल मोरिनो छन् । सेबालोस २४ र अन्य दुई खेलाडी २५ वर्षका भए ।
यस्तो छ स्पेनिस टोली
गोलकिपर : अल्भारो फर्नान्डेज, उनाई सिमोन, एलेक्स डोमिगुज
डिफेन्डर : ओस्कार मिङथुएजा, जेसस भालेजो, एरिक गार्सिया, पाउ टोरेस, ओस्कार गिल, जुवान मिरन्डा
मिडफिल्डर : मार्क कुकुरेला, जोन मोन्सायोला, मार्टिन जुबिमन्डी, डानी सेबालोस, मिकेल मेरिनो, कार्लोस सोलर, पेड्री
फरवार्ड : ब्रायन गिल, मार्को असेन्सियो, डानी ओल्मो, मिकेल ओयाजाबाल, राफा मिर, जाभी पाउडो