नासेरलाई दुई वर्ष प्रतिबन्ध, टोकियो ओलम्पिक गुम्याे

photo: alwatannews.net
photo: alwatannews.net

बहराइनकी धाविका सल्वा इद नासेरलाई दुई वर्षको प्रतिबन्ध लागेको छ।

विश्व एथलेटिक्सले नासेरलाई एन्टी डोपिङको नियम उलंघन गरेको भन्दै प्रतिबन्ध गरेको हो। नासेरलाई गत वर्ष नै अस्थायी निलम्बन गरिएको थियो।

महिलाको ४ सय मिटरमा विश्व च्याम्पियन नासेर पछिल्लो १२ महिनामा तीन पटक डोपिङ परिक्षणमा अनुपस्थित भएकी थिईन। नासेरले आफुले ३ पटक डोपिङ परिक्षण गर्न असफल भएको स्वीकार गरेकी थिइन्।

एक वर्ष भित्र ३ पटक डोपिङ परिक्षण गर्न असफल भए एथलेटिक्सको एन्टी डोपिङ नियम उलंघन गरेको मानिन्छ।

दुई वर्षको प्रतिबन्धसँगै २३ वर्षीय नासेरले जापानमा आयोजना हुने टोकियो ओलम्पिक गुमाउने भएकी छिन्। टोकियो ओलम्पिक जुलाई २३ देखि अगस्ट ८ सम्म हुनेछ।

प्रकाशित मिति: : 2021-07-01 08:30:00

प्रतिकृया दिनुहोस्