हुलाकी राजमार्ग अन्तर्गत धनुषा र सिरहा जिल्लालाई जोड्ने कमला नदीको पुल भासिएको छ। सो पुलको निर्माण सम्पन्न भइ हस्तान्तरणको चरणमा पुगेको जनाइएको छ।
सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलका अनुसार पुलको १२ स्पानमध्ये एउटा स्पान एक फिट भासिएको छ। रू. २४ करोड ४२ लाखका लागतमा सम्पन्न भएको सो पुलको निर्माण गर्न शुरुआतमा पप्पु कन्सट्रक्सनले ठेक्का पाएको थियो।
सो कम्पनीले समयमा पुल निर्माण नगरेपछि लुम्बिनी विल्डर्सलाई ठेक्का दिइएको थियो। सो कम्पनीले यही असार १३ गते निर्माण सम्पन्न गरी हस्तान्तरण गर्ने सम्झौता गरेको बताइएको छ।रासस