नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले विपद्का बेला राज्यका सबै संरचनाहरूलाई एकीकृत र सक्रिय बनाउन सरकारलाई भनेका छन्।
शुक्रबारदेशका विभिन्न ठाउँमा आएको हावाहुरीका कारण जनधनको क्षति भएपछि नेता डा. कोइरालाले विपद्बाट हुन सक्ने अरु सम्भावित नोक्सान न्यूनिकरणका लागि राज्यका सबै संरचनाहरू सक्रिय बनाउन सरकारलाई आग्रह गरेका हुन्।
‘विपद्का बेलामा राज्यका सबै संरचनालाई थप सक्रिय बनाउन जरुरी छ,’ डा. कोइरालाले शुक्रबारको घटनाहरूप्रति दुख व्यक्त गर्दै लेखेका छन् ‘सम्भावित क्षती रोक्न राज्यको थप सक्रियता जरुरी देखिन्छ।’
उनले शुक्रबारको हावाहुरीका कारण घाइते भएकाहरुको उपचार सरकारले नि:शुल्क प्रवन्ध गर्नुपर्ने समेत उल्लेख गरेका छन्।
‘हावाहुरीबाट घाइते भएकाहरूको उपचार प्रवन्ध सरकारले नि:शुल्क गरोस्,’ डा. कोइरालाले भनेका छन्।