क्वालिटी अफ लाइफ सराङ्गकोटले गुल्मीको एक गाउँपालिकास्थित स्वास्थ्यचौकीलाई दुई कन्सन्ट्रेशन मेसिनसहित आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराएको छ।
एक्काइस वर्षदेखि समुदायबाट सञ्चालन हुँदै आएको उक्त सामाजिक संस्थाले गुल्मेली समाज पोखराको समन्वयमा कालीगण्डकी गाउँपालिकाको पूर्तिघाटमा रहेको स्वास्थ्य चौकीलाई आवश्यक स्वास्थ्य सामग्री सहयोग गरेको संस्थाका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिए।
संस्थाले दुई कन्सन्ट्रेशन मेसिन, पिपिई सेट, औषधि, अक्सीमिटर, थर्मोमिटर, जिङ्क ट्याबलेट, प्यारा सिटामोल, सेनिटाइजर, एन–९५ मास्क, सर्जिकल मास्कलगायत सामग्री उपलब्ध गराएको हो।
रु ५ लाख ८५ हजार बराबरको सहयोग उक्त स्वास्थ्य चौकीका ल्याब असिस्टेन्ट टेक्निसियन सुदर्शन श्रेष्ठलाई हस्तान्तरण गरिएको हो।
शर्माले गुल्मेली समाज पोखरालगायत यस कार्यक्रमलाई सहयोग गर्ने क्वालिटी अफ लाइफ बेल्जियम, लुङ्गता नेपाल बेल्जियम र सहयोगी हातहरूको साथ बिकट र सहयोग पुग्न नसकेको ठाउँमा सहयोग गरेर सामाजिक उत्तरदायित्व र मानवीय कर्तव्य पूरा गरेको बताए। रासस