उत्तर–प्रदेशमा सोमबारदेखि सिनेमा घर खुल्दै

Photo- AFP
Photo- AFP

भारतको उत्तर–प्रदेश राज्य सरकारले  सोमबारदेखि सिनेमा घर, जिम सेन्टर र रंगशाला खोल्ने निर्णय गरेकाे छ।

व्यवसायीहरूको गुनासोलाई मध्यनगर गर्दै यूपीका मुख्यमन्त्री योगी आदित्यनाथले सिनेमा घर, जिम सेन्टर र रंगशाला खोल्न निर्देशन दिएका हुन्।

राज्यभर स्वास्थ्य तथा सुरक्षा मापदण्डको पालना हुने गरी सिनेमा घरहरूमा चलचित्र प्रदर्शनको अनुमति दिने मुख्यमन्त्री योगीले बताएका छन्।

यद्यपि यूपीमा किराना पसल, मठ–मन्दिर र होटल तथा रेस्टुरेन्ट यसअघि नै खुलिसकेका छन्। कोरोना नियमको पालना गर्दै छिट्टै नै शिक्षण संस्था पनि खुल्ने तयारी थालिएको छ।

राज्यमा कोरोना संक्रमणको दर पछिल्लोपल्ट कम हुँदै गएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

कोरोना संक्रमित दर घटेसँगै सरकारले सिनेमा घर खोल्न अनुमति दिएको हो। सिनेमा घर, जिम सेन्टर खोल्ने मुख्यमन्त्री योगीको निर्णयले सिनेमाकर्मी तथा व्यवसायीहरू खुशी भएका छन्।

प्रकाशित मिति: : 2021-07-02 20:24:00

प्रतिकृया दिनुहोस्