डेनमार्क पनि सेमिफाइनलमा

Photo : Getty image
Photo : Getty image

डेनमार्क युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ।

शनिबार भएको क्वाटरफाइनलमा चेक रिपब्लिकलाई २-१ गोल अन्तरले पराजित गर्दै डेनमार्क सेमिफाइनलमा प्रवेश गरेको हो।

डेनमार्कलाई जित दिलाउन थोमस डेलाने र कास्पर डोलवर्गले एक एक गोल गरे भने चेक रिपब्लिकका प्याट्रिक शिकले एक गोल फर्काए।

डेनमार्क सन् १९९२ पछि पहिलो पटक सेमिफाइनलमा प्रवेश गरेको हो।

अब डेनमार्कले सेमिफाइनलमा इंग्ल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ।

प्रकाशित मिति: : 2021-07-04 07:18:00

प्रतिकृया दिनुहोस्