माफ गर दलित मित्रहरू!

सेतोपाटी

काठमाडौँ

अभय श्रेष्ठ

बबरमहल काण्डको अन्तर्य

घटनाबारे धेरैलाई थाहा छ। मूल कुरा यसको अन्तर्य केलाउनु हो।

कलाकार तथा टेलिभिजन प्रस्तोता रूपा सुनार डेरा खोज्दै सरस्वती प्रधानको घर पुगिन्। सबै कुरा मिल्यो। रूपाले आफ्नो जात खुलाउन जरूरी ठानिन् र भनिन्, ‘दिदी, म त कामीकी छोरी हुँ नि!’

रूपाको जात थाहा नहुन्जेल डेरा दिन राजीखुसी भएकी, जात व्यवस्थाको संस्कारले थिचिएकी सोझी नेवार गृहिणी सरस्वती झसंग भइन् (यो बारम्बार उनैले स्वीकारेको कुरा हो)।

त्यसपछि उनले घर सल्लाह गरेर खबर गर्छु भनिन्।

‘पक्कै अब यी दिदीले डेरा दिन्नन्,’ जात प्रथाले मान्छेको घेरोभन्दा बाहिर धकेलिएकी रूपाको मनमा चस्का पस्यो।

रूपा सुनार जात व्यवस्था उन्मूलन आन्दोलनकी नेता थिइन्। ‘जातकै कारण डेरा पाइनँ भने प्रचलित कानुनअनुसार कारबाही प्रक्रियामा अगाडि बढ्छु’ भनेर उनी मानसिक रूपमा तयार भइन्।

प्रकाशित मिति: : 2021-07-04 11:42:00

प्रतिकृया दिनुहोस्