बलिउड अभिनेता आमिर खान र किरण रावले हिजो (शनिबार) औपचारिक रुपमै सम्बन्ध विच्छेदको घोषणा गरे।
यो दम्पतीले वैवाहिक सम्बन्धमा बाँधिएको १५ वर्षपछि सम्बन्धविच्छेदको घोषणा गरेका थियो। छुट्टीनुअघि उनीहरुबीच कुनै विवाद र झगडा भएको समाचार पनि आएन।
यसबीचमा दर्शकलाई अचम्म त के लागेको छ भने अचानक आमिर र किरणले किन सम्बन्धमा पुर्णविराम लगाए त?
यतिबेला यो विषयसँग अभिनेत्री फतिमा सना सेखको नाम जोडिएको छ। भारतीय सञ्चार माध्यमहरुले यतिबेला आमिर उनै अभिनेत्री फातिमासँग नजिक रहेको उल्लेख गरेका छन्।
फतिमाले चलचित्र 'दंगल'मा आमिरसँगैे काम गरेकी थिइन्। यस चलचित्रपश्चात उनीहरु नजिक रहेकाे बताइएको छ।
आमिरले फातिमासँगको सम्बन्धका कारण किरणलाई डिभोर्स दिएको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्। त्यसो त आमिरले पहिली पत्नी रीना दत्तसँग पनि किरण रावसँग विवाह गर्ने भएपछि डिभोर्स गरेका थिए।
आमिरकै सिफारिसमा फातिमाले ‘ठग्स अफ हिन्दुस्तान’मा काम गर्ने मौकासमेत पाएकी थिइन्। यसले पनि आशंकाको ठाउँ फराकिलो बनाएको छ।
वास्तविक के हो भनेर बुझ्न दर्शकले पनि केही समय त कुर्नु नै पर्ला !