नेकपा एमालेका उपाध्यक्ष भीम रावल प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालुवाटार गएका छन्।
प्रधानमन्त्रीले नै बोलाएका कारण उनी रावल त्यहाँ गएका हुन्। यसअघि प्रधानमन्त्री ओलीले नेता माधव नेपाललाई भेटवार्ताका लागि डाकेका थिए। तर, नेपालले सो प्रस्तावलाई अस्वीकार गरेपछि ओलीले रावललाई भेटवार्ताका लागि बोलाएको बताइएको छ।
एमाले केन्द्रीय कमिटीको बैठकले कांग्रेसका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्नका लागि गरेको हस्ताक्षर फिर्ता लिन दुई दिनको अल्टिमेटम दिएको थियो। अल्टिमेटम सक्किनु अघि ओलीले रावललाई छलफलका लागि बोलाएका हुन्।
माधव नेपालद्वारा प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटी छलफल गर्न अस्वीकार गरेका छन्। नेता नेपालले आफ्नो निवासमा निकासका लागि छलफल गर्न आएका अध्यक्ष ओलीनिकट नेताहरु विष्णु पौडेल, सुवास नेम्वाङ र शङ्कर पोखरेललाई यस्तो जवाफसहित फर्काएका हुन्।
सर्वोच्च अदालतको फैसलाअघि नै एमालेका नेपालसहित ‘समानान्तर समूह’ मा लागेका सो रिटका निवेदक २३ जना विघटित प्रतिनिधिसभा सदस्यको सो मुद्दाबाट नाम फिर्ता लिने र सहमतिका साथ अघि बढ्ने प्रयासमा एमालेको संस्थापन पक्षका नेताहरु वरिष्ठ नेता नेपाललाई भेट्न उनको निवास, कोटेश्वर पुगेका थिए।
नेपालले भने अदालतको आदेशअघि उक्त हस्ताक्षर फिर्ता हुन नसक्ने बताउँदै त्यसलाई कायमै राखेर सहमति गर्ने हो भने आफू तयार रहेको बताएका थिए।
प्रधानमन्त्री ओलीले शनिबार स्वयम्ले टेलिफोनमा कुराकानी गरेका थिए। नेपाल समूहका अधिकांश माग सम्बोधन भइसकेको बताउँदै ओली पक्षका नेताहरुले अध्यक्ष ओली र नेपालबीच छलफल गरी सहमतिमा पुग्न र अदालतबाट हस्ताक्षर फिर्ता लिन अनुरोध गरेको एक सहभागी नेताले जानकारी दिए।
प्रधानमन्त्री एवं नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली पक्षका नेताहरु मावधकुमार नेपालसँग छलफल गर्न कोटेवश्वर पुगेका छन्।
आइतबार विहान नेता विष्णु पौडेल र सुवास नेम्वाङसहितका नेताहरू वरिष्ठ नेता नेपाल निवास कोटेश्वर पुगेका हुन्। उनीहरूबीच छलफल जारी रहेको एक नेताले जानकारी गराएका छन्।
प्रधानमन्त्री ओली र नेपालबीच भेटवार्ता गराउन ओली पक्षका नेताहरू कोटेश्वर पुगेको स्रोतले जनाएको छ। ‘पार्टी एकताको प्रयास भइरहेका बेला प्रधानमन्त्री ओली र नेपालबीच भेटवार्ता गराउने प्रयासको लागि छलफल जारी छ।’ ति नेताले भने।
शनिबार दुई पक्षका ६ जना नेताहरुबीच ललितपुकाे एक हाेटलमा वार्ता भएको थियो। सो वार्तामा सर्वोच्च अदालतमा बुझाइएको हस्ताक्षरलाई सहमतिको पूर्व शर्त बनाउने सहमति भएको थियो। साेही भेटकाे कुरा राख्न नेता पाैडेल,नेम्वाङ लगायतका नेता बालुवाटर पुगेका थिए। त्यसकाे भाेलिपल्ट आज नेताहरू माधव नेपाल निवास पुगेका हुन्।