दलितहरूले विद्रोह गरेर ७५ वर्षअघि खोलेको विश्वकर्मा स्कुल

युवराज श्रेष्ठ 

'सुनारले कमाउँदै नकमाउने। दमैले सिउँदै नसिउने। सार्कीले जुत्ता लाउनै नदिने। हामीले गरेको कामले तिम्लाई सजिलो हुने, हामीलाई तिम्ले पल्लो छेउ बार्ने?'

नेपालको पहिलो दलित विद्रोहमा उठेका एजेन्डा हुन् यी।

घटना विक्रम सम्बत् २००३ सालको हो। देशमा राणा शासनविरोधी आन्दोलन सुरू भएको थियो। आन्दोलनको प्रभाव दलित समुदायमा पनि देखिन थाल्यो। उनीहरू युगौं युगदेखिको दलनविरूद्ध संगठित हुँदै जुर्मुराउन थाले।

त्यही क्रममा दलितहरूको पहिलो संगठित आन्दोलन बाग्लुङमा भयो, जसको नेतृत्व भगत सर्वजीत विश्वकर्माले गरेका थिए।

भगत सर्वजीतको जन्म १९५० चैत ११ गते अहिलेको बाग्लुङ नगरपालिका-७, गैरागाउँ (ठाडास्वाँरा) मा भएको थियो। उनी सानै उमेरमा काम खोज्दै भारतको वनारस पुगे। त्यहाँ रहँदाबस्दा उनलाई पढ्न मन लाग्यो। त्यति बेला धेरै नेपाली पढ्न वनारस नै जान्थे।

वनारस पढ्न जानेहरू अधिकांश ब्राह्मण परिवारका हुन्थे। दलितलाई पढ्न दिने कुरै थिएन।

प्रकाशित मिति: : 2021-07-05 16:27:00

प्रतिकृया दिनुहोस्